बुकिङ अगाडि नै सेन्सर  « Khabarhub

बुकिङ अगाडि नै सेन्सर 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार चलचित्र विकास बोर्डको बैठकबाट फिल्म हलले बुकिङ खुलाउन सेन्सर पास हुनुपर्ने निर्णय गर्दै कार्यन्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रस्ताव समेत गरिसकेको छ । यसै कारण नेपाली फिल्म ‘मन्त्र’ ले एक साता अगाडि नै सेन्सर गरेको छ । प्राय रिलिजकै हप्ता सेन्सर गरिने फिल्महरु विकास बोर्डको बैठकको निर्णयसँगै चनाखो हुन् थालेका छन् । 

सौगात मल्ल, बुद्धि तामाङ , दीया पुन अभिनीत फिल्म बैशाख १६ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मले सेन्सर मार्फत युनिभर्सल अर्थात् केन्द्रीय चलचित्र जाँच समितिले सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्मले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ। 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३० बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच