माओवादीले महानगर र उपमहानगरको मेयर उम्मेदवार टुंग्यायो  « Khabarhub

माओवादीले महानगर र उपमहानगरको मेयर उम्मेदवार टुंग्यायो 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वत: मेयरका दाबेदार हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ५१ बजे

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौं- युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौं- परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोक- बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि

रोममा अमेरिका–इटाली संवाद

रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको