माओवादीले महानगर र उपमहानगरको मेयर उम्मेदवार टुंग्यायो  « Khabarhub

माओवादीले महानगर र उपमहानगरको मेयर उम्मेदवार टुंग्यायो 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वत: मेयरका दाबेदार हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ५१ बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५