सी डिभिजन लिगमा आरसी ३२ को विजयी सुरुवात « Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ को विजयी सुरुवात


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा आरसी ३२ ले खालीबारी युथ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

आरसी ३२ को जितमा ३७ औँ मिनेटमा आशिष लावतीले गरेको गोल नै निर्णायक बन्यो । यसअघिको उद्घाटन खेलमा भने महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

आशिष लावतीले म्यान अफ द म्याचको उपाधिका साथै ५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । यस पटकको सी डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहेको छ ।

यसअघि चैत्र २९ गते सुरु हुने भनिएको लिग दश दिन पछि शुक्रबार शुरु भएको हो ।

आजै बेलुकी तेश्रो खेलमा अपराह्न ४ बजे पुलचौक स्पोर्ट्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३९ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका