सी डिभिजन लिगमा आरसी ३२ को विजयी सुरुवात « Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ को विजयी सुरुवात


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा आरसी ३२ ले खालीबारी युथ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

आरसी ३२ को जितमा ३७ औँ मिनेटमा आशिष लावतीले गरेको गोल नै निर्णायक बन्यो । यसअघिको उद्घाटन खेलमा भने महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

आशिष लावतीले म्यान अफ द म्याचको उपाधिका साथै ५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । यस पटकको सी डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहेको छ ।

यसअघि चैत्र २९ गते सुरु हुने भनिएको लिग दश दिन पछि शुक्रबार शुरु भएको हो ।

आजै बेलुकी तेश्रो खेलमा अपराह्न ४ बजे पुलचौक स्पोर्ट्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३९ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा