नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात | Khabarhub Khabarhub

नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा रु एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र रु १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले रु आठ करोड ७६ हजार बराबर राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले रु छ करोड ८९ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । चीनपछि डेनमार्कबाट रु १३ करोड ७३ लाख २० हजार बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ ।

नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हङ्गेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलङ्का, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो ।

नौ महिनाको अवधिमा रु १३ करोड ५३ लाख बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले रु दुई करोड ३९ लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।

नौ महिनाको अवधिमा बङ्गलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ । भारतबाट रु दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट रु एक करोड ६४ लाख ३५ हजार बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ ।

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्यान्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि भारतलगायत देशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २७ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन