चार प्रदेशका प्रहरी प्रमुखको सरुवा, नयाँ डीआईजीहरूको पदस्थापन « Khabarhub

चार प्रदेशका प्रहरी प्रमुखको सरुवा, नयाँ डीआईजीहरूको पदस्थापन


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले चार प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको हो ।

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

पाँच डीआईजीको सरुवासमेत गरिएको छ । जसअनुसार बाग्मती प्रदेशमा डीआईजी पूजा सिंहको सरुवा भएको छ । बाग्मती प्रदेशका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

त्यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र मधेश प्रदेशका उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १० : ३१ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा