८ उपमहानरको नतिजा सार्वजनिक : कहाँ कुन पार्टीले जित्यो ?  « Khabarhub

८ उपमहानरको नतिजा सार्वजनिक : कहाँ कुन पार्टीले जित्यो ? 

धरान र जनकपुरमा स्वतन्त्र, तुल्सीपुरमा एमालेको अग्रता 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ ।

जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक-एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ ।

कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे विजयी भएका थिए।

एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र कलैया मेयरमा विनोद प्रसाद साह निर्वाचित भएका छन् । माओवादीबाट राजन पौडेलले जीतपुरसिमरामा र हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमार लामा मेयरमा विजयी भए।

त्यसैगरी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । नतिजा आउँन बाँकी तीन उपमहानगरमध्ये धरान र जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता छ भने तुल्सीपुरमा एमालेको अग्रता देखिएको छ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन् ।

तुलसीपुरमा एमालेका उम्मेदवार टिकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : ४५ बजे

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर