हावाहुरीका कारण रूख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध « Khabarhub

हावाहुरीका कारण रूख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानीमा हावाहुरीका कारण रूख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रूख ढल्दा ३३ केभी प्रसारण लाइनको प्रसारण लाइन चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रसारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रसारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नेबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राहीहरूमा बताउँछन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार