हावाहुरीका कारण रूख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध « Khabarhub

हावाहुरीका कारण रूख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानीमा हावाहुरीका कारण रूख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रूख ढल्दा ३३ केभी प्रसारण लाइनको प्रसारण लाइन चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रसारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रसारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नेबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राहीहरूमा बताउँछन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ३१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको