शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते « Khabarhub

शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ ।

कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ । कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि आजको मिति तय गरिएको थियो ।

यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ । महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले पनि उम्मेदवारी दिन पाउने जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार