पोखरा महानगर : वडाध्यक्षमा कांग्रेसको बहुमत, बाँकी रहेकामा पनि कांग्रेसकै अग्रता « Khabarhub

पोखरा महानगर : वडाध्यक्षमा कांग्रेसको बहुमत, बाँकी रहेकामा पनि कांग्रेसकै अग्रता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसले बहुमतसहित जित निकालेको छ ।

हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।

वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जित हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले कांग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि कांग्रेसले जितेको थियो ।

पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा कांग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा कांग्रेसले जितेको थियो । अहिले मेयरमा एमाले पछाडि छ भने उपमेयरमा अग्रता लिएको छ । वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार