अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ४५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न