अफगानिस्तानको विश्वविद्यालयमा कार्यरत तीन महिला प्राध्यापक बर्खास्त « Khabarhub

अफगानिस्तानको विश्वविद्यालयमा कार्यरत तीन महिला प्राध्यापक बर्खास्त


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको तालिबानले एक विश्वविद्यालयका तीन महिला प्राध्यापकहरुलाई बर्खास्त गरेसँगै चर्को आलोचना सुरु भएको छ ।

अफगानिस्तानको बडाखशान प्रान्तको विश्वविद्यालयमा काम कार्यरत तीन महिला प्राध्यापकहरुलाई तालिबानले बर्खास्त गरेको हो ।

उनीहरु १० महिनायता विश्वविद्यालयमा उपस्थित नभएका कारण उनीहरुलाई बर्खास्त गरिएको अधिकारीहरुले जनाएका छन् । यद्यपि गत मार्च महिनाबाट मात्र विश्वविद्यालय नियमित सञ्चालनमा आएका कारण अधिकारीको भनाइ शंकास्पद रहेको द फ्रन्टियर पोस्टर अनलाइन समाचार पोर्टलले जनाएको छ ।

मार्चअघि तालिबानको सत्ताकब्जा एवम् अन्य राजनीतिक अस्थीरका कारण विश्वविद्यालय, विद्यालयहरु, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरु बन्द रहेको फ्रन्टियर पोस्टले उल्लेख गरेको छ ।

अधिकारीहरुले जे जस्तो बहाना बनाएपछि यस घटनालाई तालिबानको नेतृत्वमा अफगानिस्तानमा महिला अधिकार थप कटौती भएको अर्थमा विश्लेषण गरिएको द फ्रन्टियर पोस्टले जनाएको छ । हाल उक्त विश्वविद्यालयमा ९ जना महिला प्राध्यापक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ५६ बजे

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६