समयमै फर्किँदैनन् नेपाल आएका पर्यटक  « Khabarhub

समयमै फर्किँदैनन् नेपाल आएका पर्यटक 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो ।

महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरु भिसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिँदैन ।

विभागले २०७६ माघ १३ गते देखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उदेश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो ।

तर सफ्टवेयरमा विदेशी पर्यटकहरुको बसाई अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भीसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ ।

‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७/७८) भिसा अवधि समाप्ति पश्चात् बढी अवधि बसेका २३२ जना, भिसा विपरीत कार्य गरेको र गैरकानुनी कार्यमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ ।’

अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारबाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ ।

‘नेपालमा रहेकामध्ये भिसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन । पर्यटक आगमन पश्चात् आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ११ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने