भारतबाट पेस्तोल ल्याउने र किन्न खोज्ने दुई जना पक्राउ « Khabarhub

भारतबाट पेस्तोल ल्याउने र किन्न खोज्ने दुई जना पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट दुई वटा पेस्तालसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले आइतबार स्थानीय २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्यागजीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्रेको हो।

आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोबाइलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर