कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते « Khabarhub

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएका छन् । सँगै रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन् ।

हराएको गोरु खोज्न गएका बेला नगरपालिका–२ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टलेबताए

दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए।

‘हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पु¥यायौँ,’ उनले भने, ‘दुर्गाको घाँटीमा गम्भीर चोट लागेको छ । उहाँको शरीरको भित्री भागमा समेत चोट लागेको छ ।’ जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ३४ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु