हय्या कार्ड नभएका भिजिटरले नोभेम्बरदेखि कतार प्रवेश नपाउने  « Khabarhub

हय्या कार्ड नभएका भिजिटरले नोभेम्बरदेखि कतार प्रवेश नपाउने 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकपलाई मध्यनजर गर्दा हय्या कार्ड नभएका भिजिटरहरूलाई नोभेम्बरदेखि कतार प्रवेशमा रोक लगाइने भएको छ।

कतारको गृह मन्त्रालयका अनुसार विश्वकपको हय्या भएका भिजिटरहरुलाई मात्र प्रवेश गर्न अनुमति दिने भएको हो।

आगामी नोभेम्बर १ तारिखदेखि हय्या कार्ड नभएकाहरुलाई हवाई, स्थल र समुद्री नाकाबाट कतार प्रवेशमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यो नियम आगामी डिसेम्बर २३ तारिखसम्म जारी रहनेछ।  तर कतारी नागरिक, कतारको आइडी होल्डर र कतारको वर्किंग भिषा प्राप्त गरेकालाई अपवाद स्वरूप छुट दिइनेछ। साथै हय्या कार्ड होल्डरहरू २३ जनवरी २०२३ सम्म कतारमै बस्न दिइने छ।

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ७ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु