काठमाडौँ–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी « Khabarhub

काठमाडौँ–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा ९१० मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरेका छन् ।

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी थिइन् । काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार सात सय १५ मत खसेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ३४ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र