युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की | Khabarhub Khabarhub

युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन् ।

बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।”

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्की पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका छन् । उनले भने, “अमेरिकी काङ्ग्रेसमा तपाईं र सबै अमेरिकीसँग कुरा गर्न पाउनु ठूलो सम्मानको कुरा हो । सबै बाधाहरू, र विनाश र निराशाको विरुद्ध, युक्रेन पतन भएको छैन ।”

उनले भने, “हामीलाई कुनै डर छैन, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको छ । रूसी निरंकुशताले हामीमाथिको नियन्त्रण गुमाइसकेको छ ।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि अमेरिकी संसदका सदस्यहरूलाई सम्बोधन गरेका हुन् । भेटवार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर समर्थन गर्ने आश्वासन दिएका थिए ।

उनले भने, “समुद्र वा अन्य कुनै कुराले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यो युद्धलाई रोक्न वा स्थगित गर्न सकिँदैन ।”

“संयुक्त राज्य अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म र हरेक देशबाट अस्ट्रेलियासम्म, संसार यति धेरै अन्तरसम्बन्धित र अन्योन्याश्रित छ कि कसैलाई अलग रहन र यस्तो युद्ध जारी रहँदा पनि अझै सुरक्षित महसुस गर्न सकिन्छ,” उनले भने ।

उनले भने, “हाम्रा दुई मुलुक यो लडाइँमा परस्पर सहयोगी छन् र मलाई थाहा छ युक्रेनी साहस र अमेरिकी संकल्पले गर्दा अर्को वर्ष एउटा ‘टर्निङ प्वाइन्ट’ ल्याउनेछ । आफ्नो मूल्यमान्यताको पक्षमा उभिने मानिसको स्वतन्त्रताले हाम्रो साझा स्वतन्त्रताको भविष्यको सुनिश्चितता गर्नुपर्दछ ।”

युक्रेनी जनताका लागि आशाको सन्देश दिँदै उनले भने, “रूसीहरूले बाख्मुत जस्ता शहरहरूविरुद्ध सबै कुरा प्रयोग गर्छन् तर युक्रेनले ‘कहिल्यै आत्मसमर्पण गर्दैन ।’’

जेलेन्स्कीले रूसलाई चेतावनी दिँदै भने, “रूसीहरूले दिनरात ७० हजार मानिसहरूको शहर कब्जा गरिरहेका छन्, तर बखमुत खडा छ ।”

‘‘युद्धको ३०० दिनभन्दा बढी भइसक्दा पनि युक्रेनका सैनिकहरूले आफ्नो देशको रक्षा गरिरहेका छन्, तर उनीहरूलाई युद्धभूमिमा जित्नका लागि थप हतियारको आवश्यकता छ’’ जेलेन्स्कीले सम्बोधनका क्रममा भने ।

युक्रेन आफ्नो स्वतन्त्रता र अस्तित्वका लागि लडिरहेको बताउँदै जेलेन्स्कीले भने, “ती लक्ष्य हासिल गर्न संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग आवश्यक रहनेछ ।’’

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले जेलेन्स्कीसँगै एक पत्रकार सम्मेलनमा युक्रेनलाई निरन्तर सहयोग गर्ने आश्वासन दिँदै अमेरिकाले थप १.८ अर्ब अमेरिकी डलरको सहायता प्याकेजअन्तर्गत प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेका थिए ।

जेलेन्स्कीले अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै रुसी आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली महत्वपूर्ण रहेको दोहोर्‍याए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ३ : ४९ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको