चीनको बीआरआईबाट युद्धग्रस्त सिरिया ऋणको जालमा फस्दै  « Khabarhub

चीनको बीआरआईबाट युद्धग्रस्त सिरिया ऋणको जालमा फस्दै 


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमासकस – सिरिया चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न हतारमा सामेल भएको देखिन्छ। कोरोना महामारीले थलिएको युद्धग्रस्त सिरिया चीनको ‘ऋण’ जालमा फस्दै जाने भएको छ।

सन् २०११ देखि गृहयुद्धमा फसेको सिरियाको अर्थतन्त्र निरन्तर ओरालो लागेको थियो। पछिल्लो तीन वर्षमा कोरोना महामारी थपिएपछि थप संकटमा परेको हो।

आर्थिक संकटको सामना गरिरहेको सिरियाले आर्थिक पुनरुत्थानको आशामा बीआरआईसँग आबद्ध भएको देखिन्छ। यद्यपि चीनसँग हात मिलाउँदा जोखिमहरू आउनेमा बिचार पुर्‍याउन भने सिरिया कमजोर साबित भएको द टाइम्स अफ इजरायलले जनाएको छ। बेइजिङका वाचाहरू ठुला छन्, तर कोष र कार्यान्वयन सुस्त रहेको द टाइम्स अफ इजरायलले रिपोर्ट गरेको छ।

चीनले दमास्कसको निराशालाई प्रोत्साहन गर्दै मध्यपूर्वमा चीनको पाइला बढाउने अवसरलाई अघि बढाएको जनाइएको छ। सिरिया चीनको रडार अन्तर्गत छ किनकि यसले भूमध्य सागरको करिडोरलाई प्रतिनिधित्व गर्दछ । जसले स्वेज नहरलाई बाइपास गर्छ र चीनलाई अफ्रिकी र युरोपेली महाद्वीपहरूमा जोड्छ।

सिरियाली राष्ट्रपति बसर अल-असद पनि संयुक्त राष्ट्र सुरक्षा परिषदमा प्रत्यक्ष पश्चिमी सैन्य हस्तक्षेपलाई विफल पार्न बेइजिङको पहलबाट प्रभावित थिए। बीआरआईमा सिरियाको प्रवेशले चीनसँगको द्विपक्षीय सहयोग र बीआरआईसँगै अन्य देशहरूसँगको सहयोग बढाउन मद्दत गर्ने र देशमा अमेरिकी प्रतिबन्धको प्रभावलाई रोक्न सक्षम हुने उनले बताएका छन्।

सिरियाली अर्थतन्त्र युद्धबाट ध्वस्त भएको छ र १२० बिलियन अमेरिकी डलरको पूर्वाधारको ठूलो विनाशको साक्षी छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार युद्धग्रस्त सिरियाको पुनर्निर्माणका लागि करिब २५० देखि ४०० बिलियन अमेरिकी डलर आवश्यक पर्ने छ।

दमासकसले २०१९ मा ८.९ बिलियन अमेरिकी डलरको कुल बजेट परिव्यय मध्ये पुनर्निर्माणको लागि ११५ मिलियन मात्र विनियोजन गर्न सक्षम भएको थियो। सिरियाले चीनको यी बीआरआई लगानीहरू आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोगी हुने अपेक्षा गरेको छ तर सिरिया भने ड्रागन चीनको मुखमा पस्दै ऋण जालमा फस्ने यात्रा सुरु गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ३० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित