तनहुँमा स्थानीय तह निर्वाचन तयारी तीव्र | Khabarhub Khabarhub

तनहुँमा स्थानीय तह निर्वाचन तयारी तीव्र


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।

निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । “मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं,” उनले भने । उनका अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो । नागरिकता वितरणलगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो ।

कार्यालयले यही फागुन १९ गतेभित्र १० वटै स्थानीय तहमा मतदाता नामावली पठाउने तयारी गरेको छ । यसपछि दाबी विरोधको कामलाई अगाडि बढाइनेछ । विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने काम फागुन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने कार्यालयको तयारी छ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता रहेका थिए ।

मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो ।

निर्वाचन अधिकारी ढकालले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताए । त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उनले बताए।

निर्वाचन केन्द्रित कार्यक्रममा दलहरु

जिल्लाका प्रमुख राजनीतिक दलहरुले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस,नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी लगायतले आ आफ्ना गतिविधि अगाडि बढाएका हुन् ।

कांग्रेसले निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तनहुँ क्षेत्र नं १ ले केही दिन अगाडि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका १० पालिका, क्षेत्र, प्रदेशसभा क्षेत्रमा पनि बैठक, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन केन्द्रित कार्यक्रमका लागि कार्यकर्ता परिचालनका लागि सबै पालिकामा जिम्मेवारी तोकिएको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

नेकपा एकीकृत समाजवादीले पनि निर्वाचन केन्द्रित गरी वडा भेलालाई तीव्रता दिइरहेको छ । जिल्ला सचिव श्रीराम कार्कीका अनुसार जिल्लाका सबै पालिकामा वडा कमिटी गठन गरी सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १ : १५ बजे

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्