एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय « Khabarhub

एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको

संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ३६ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू