भोलिको संसद् बैठकमा कांग्रेस सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन « Khabarhub

भोलिको संसद् बैठकमा कांग्रेस सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : १३ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी