एमसीसी एकमत भएर पास गर्नुपर्छः काँग्रेस नेता विश्वकर्मा « Khabarhub

एमसीसी एकमत भएर पास गर्नुपर्छः काँग्रेस नेता विश्वकर्मा


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एकमत भएर एमसीसी पास गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा बुधबार भएको साक्षात्कारमा नेता विश्वकर्माले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने भन्दै एकमत भएर पारित गर्नुपर्ने बताएका हुन् ।

साक्षात्कारमा एमाले नेता कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरे ।

एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भूमिकालाई लिएर पनि उनले आपत्ति जनाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता सांसद झक्कु सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताए । एमसीसीलाई लिएर आफूहरू र काँग्रेसको एजेण्डा नमिलेको पनि उनले बताए ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले पक्षमा नै मत हाल्ने स्पष्ट पारे ।
झाले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी