‘भूमिसम्बन्धी समस्या समाधानमा प्रतिबद्ध छु’: मन्त्री श्रेष्ठ « Khabarhub

‘भूमिसम्बन्धी समस्या समाधानमा प्रतिबद्ध छु’: मन्त्री श्रेष्ठ


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानमा लागिरहेको बताएकी छन् ।

कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायका वस्तीको स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा भएको कार्यक्रम उनले यस्तो बताएकी हुन् ।

भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमिसम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

उनले लामो समयदेखि व्यवस्थापन हुन नसकेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरूको समस्या समाधानका उपाय दिने गरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा कामअघि बढाइने पनि बताइन् ।

मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रिपरिषदमा लगिएको र छिटो पास गर्न प्रयासरत रहेकोसमेत जनाइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ४४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु