एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ ? « Khabarhub

एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ ?


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अमेरिकी एमसीसी सम्झौतालाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा दिएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले ट्वीट गर्दै अमेरिकालाई प्रश्न गरेकी छन्, ‘भाखा राखेर पनि कोसेली दिइन्छ ?’

उनले एमसीसी स्वीकार गर्न अमेरिकाले नेपाललाई समयसीमा दिएकोप्रति व्यंग्य गरेकी हुन् ।

प्रवक्ता छुनयिङले एमसीसी सहयोगलाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा पनि दिएकी छन् ।

ट्वीटरमा लेखिएको छ, ‘अमेरिकाले एमसीसीअन्तर्गत ५० करोड अमेरिकी डलर पूर्वाधार कार्यक्रम भन्दै अमेरिकी जनताको उपहारका रूपमा वर्णन गरेर नेपाललाई अनुमोदनको निम्ति अल्टिमेटम दिएको छ । भाखा राखेर पनि कोसेली दिइन्छ ? यो ज्यादतीपूर्ण कूटनीति हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : १९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको