आसन्न निर्वाचनमा कांग्रेस एकाकार हुन्छ : प्रवक्ता महत « Khabarhub

आसन्न निर्वाचनमा कांग्रेस एकाकार हुन्छ : प्रवक्ता महत


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन्।

धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए।

‘कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भनेका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांग्रेसमय हुने दाबी गरे । उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरे । ‘कांग्रेस भित्रका आन्तरिक मनमुटाब त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ’, उनले भने । पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उनले दाबी गरे ।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ-नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धैर्यतापूर्वक सुन्न र भएका दुबिधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले)लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तिर्थ लामालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : २१ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका