केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ : अध्यक्ष ओली


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् ।

‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू हुन्,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।’

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ०० बजे

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा – चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको

दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक

काठमाडौं – गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको

युरोपमा दादुराका बिरामी दोब्बरले बृद्धि

कोपेनहेगन – युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर