लोसपाको चुनावी गठबन्धन रणनीति : सकेसम्म एक्लै लड्ने, दोस्रो रोजाइमा एमाले « Khabarhub

लोसपाको चुनावी गठबन्धन रणनीति : सकेसम्म एक्लै लड्ने, दोस्रो रोजाइमा एमाले


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै निर्वाचनमा लड्ने र दोस्रो विकल्पको रुपमा नेकपा एमालेलाई रोज्ने देखिएको छ ।

तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढ्दै गएको निष्कर्षका साथ लोसपाले प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी गठबन्धन गर्नेबारेमा आन्तरिक छलफल सुरु समेत गरेको छ ।

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले स्थानीय तह निर्वाचनमा गठबन्धनका बारेमा एमालेसँग औपचारिक छलफल नभए पनि सम्भावना भने नकार्न नसकिने बताए । ‘स्थानीय तहको चुनावी गठबन्धन आवश्यक्ता छैन, किनकि गठबन्धन राजनीतिले मुलुकलाई अस्थिरतातर्फ निम्त्याउनेछ । तर, सत्ता गठबन्धन जारी नै रहने हो भने हामीसँग तीनवटा विकल्प रहने छन्,’ झाले भने, ‘पहिलो एक्लै चुनावमा लड्ने, दोस्रो एमालेसँग चुनावी तालमेल गर्ने  ।’

उनका अनुसार सत्ता गठबन्धनले लोसपाको राजनीतिक माग पूरा गरेको खण्डमा मात्र चुनावी गठबन्धन गर्न सक्ने तेस्रो विकल्पको रूपमा राखिएको छ । पार्टी विभाजनपछि सांगठनिक सक्रियता र स्थानीय तह निर्वाचन केन्द्रित अभियानका लागि तराई मधेसका जिल्ला डुलिरहेका अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले गठबन्धन गर्नै परेको खण्डमा एमालेसँग गर्नुपर्ने सुझाव दिइरहेको लोसपाका एक नेताले बताए ।

‘पछिल्लो समयमा मधेसका जिल्लाहरूमा एमालेप्रति ‘क्रेज’ बढेको देखिन्छ, पार्टी प्रवेशको लहरले पनि हामीलाई एकपटक सोच्न बाध्य बनाउँदै लगेको छ,’ ठाकुर निकट एक नेताले भने, ‘हिजो मधेस र मधेसी जनताका लागि भनेर खोलिएका मधेस केन्द्रित दल, कांग्रेस, माओवादीमा भन्दा एमालेप्रति क्रेज बढ्दै गएपछि नेता तथा कार्यकर्ताहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।’

उनका अनुसार १५ चैतमा नेपालगञ्जबाट शीर्ष नेताहरू फर्केपछि गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा निष्कर्ष निकाल्नेछ ।

नागरिकता विधेयक, पक्राउ परेका तथा जेल जीवन गुजारिरहेका कार्यकर्ताको रिहाइका बारेमा अध्यक्ष ठाकुरले यसबीचमा दुई तीनपटक नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर ध्यानाकर्षण गराइरहेका छन् ।

तर, नागरिकता विधेयकका बारेमा प्रधानमन्त्री देउवाले आवश्यक कदम नचालेको प्रति महन्थ त्यति खुस देखिएका छैनन् । यद्यपि, कांग्रेसी लिगेसीबाट आएका अधिकांस नेताहरू वामपन्थी घटकहरूसँग भन्दा पनि लोकतान्त्रिक घटकसँग गठबन्धन गर्नुपर्ने पक्षमा तर्क राखिरहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : २५ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा