शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्नेछ : मन्त्री पौडेल « Khabarhub

शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्नेछ : मन्त्री पौडेल


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताएका छन् । 

बुधबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सनको शिक्षा मन्दिर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रलाई पनि समावेश गरेर अघि बढ्ने र निजी क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताएका हुन्। 

उहाँले शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रले राखेका विषयहरुलाई राज्य गम्भीर रहेको उल्लेख गरे। मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गरे। विद्यार्थीहरुबाट कम शुल्क लिएर गुणस्तरीय शिक्षा दिन उनले ध्यानाकर्षण गराए।

उनले शिक्षा ऐनलाई समयसापेक्ष संशोधन गर्दै अघि बढिने जानकारी दिए।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०१ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष