सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’ « Khabarhub

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस्टर नेपाल टिन’ को उपाधि मन्दिप भुसालले र ‘मिस नेपाल टिन’ को उपाधि सृष्टि महर्जनले जितेका छन् ।

अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौँमा भएको पाँचौँ संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप र सृष्टि जितेका हुन् ।

त्यस्तै, ‘मिस्टर नेपाल टिन’ मा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।

‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि भुसालले कोलम्बियामा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

सेकेण्ड रनर अप शिवानी कापरले ‘मिस वर्ल्ड हेरिटेज’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

विधागत उपाधितर्फ सृष्टि महर्जन ‘मिस ट्यालेन्ट’, शिवानी कापर ‘मिस मल्टिमिडिया’, सृष्टि भुसाल ‘पिपुल्स च्वाइस’ र ‘मिस इन्टलेक्चुअल’, सदीक्षा खनाल ‘मिस फोटोजेनिक’, सञ्जना भण्डारी ‘मिस क्याटवाक’ र ‘मिस कन्फिडेन्ट’ र याशिका सिंह ‘ब्युटि विथ पर्पस’ भए ।

त्यसैगरी किशोरतर्फ निशान वाइवा ‘मिस्टर ट्यालेन्ट’ र ‘पिपुल्स च्वाइस’, प्रयास ओझा ‘मिस्टर मल्टिमिडिया’, प्रकाश बोहोरा ‘मिस्टर फोटोजेनिक’, रिशु शाह ‘मिस्टर मोडल’, मन्दिप भुसाल ‘वेस्ट वाक’ र राम एक्वाल यादव ‘हेन्डसम विथ पर्पस’ बने ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर महेश केसी, ‘मिस नेपाल युनिभर्स २०१९’ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, फिल्म निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रतिमा कार्की, वकिल तथा सर्वोच्च अदालतकी अधिकृत संगीता नापित थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ३१ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा