पाँचखाल मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी « Khabarhub

पाँचखाल मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा एमालेका दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भए ।

मेयर खरेलका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे भने उपमेयरका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत पाए ।

सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो ।

पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन् ।

यस्तो छ वडाको नतिजा मतसहित
वडा नं १ मा – जयबहादुर तामाङ – ५९४  (माओवादी केन्द्र)
वडा नं २ मा – रामेश्वर दाहाल – ९३४  (नेपाली कांग्रेस)
वडा नं ३ मा – सुन्दर अधिकारी – ८०५ (नेपाली कांग्रेस)
वडा नं ४ मा – सुन्दर तामाङ – ९१० (नेपाली कांग्रेस)
वडा नं ५ मा – सीताराम ढुङ्गाना – ६१४  (नेकपा एमाले)
वडा नं ६ मा – रामशरण दुलाल – १,३८२ (एकीकृत समाजवादी)
वडा नं ७ मा – रामकृष्ण दङ्गाल – ६९६ (नेपाली कांग्रेस)
वडा नं ८ मा – सञ्जय तामाङ – १,१५८ (नेपाली कांग्रेस)
वडा नं ९ मा –  रामकाजी श्रेष्ठ – १,०११ (नेकपा एमाले)
वडा नं १० मा – नारायण प्रसाद सापकोटा – ६५५  (नेकपा एमाले)
वडा नं ११ मा – हीराकाजी तामाङ – ९१६  (नेपाली कांग्रेस)
वडा नं १२ मा – ज्ञानबहादुर दनुवार – १,१७७  (नेपाली कांग्रेस)
वडा नं १३ मा – सुकुवीर तामाङ – ७०४ (नेपाली कांग्रेस)

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ०३ बजे

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका