हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ « Khabarhub

हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौंडाको मेयर मीना कुमारी लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । लामाले शपथ लिएलगत्तै उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई शपथ गराएकी थिइन् ।

शपथ ग्रहणपछि हेटौंडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।

शपथ ग्रहणपछि मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौंडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु