लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना « Khabarhub

लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । 

अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भइरहेको कोभिड -१९ आपतकालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए । 

केन्द्र, मधेश प्रदेश, स्थानीय सरकारका साथै अस्ट्रेलियन एड, ओपन हर्ट इन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका  अध्यक्ष भरतकुमार कार्कीले  जानकारी दिए ।

सो प्लान्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि