लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना « Khabarhub

लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । 

अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भइरहेको कोभिड -१९ आपतकालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए । 

केन्द्र, मधेश प्रदेश, स्थानीय सरकारका साथै अस्ट्रेलियन एड, ओपन हर्ट इन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका  अध्यक्ष भरतकुमार कार्कीले  जानकारी दिए ।

सो प्लान्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : ५६ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात