बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग « Khabarhub

बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानुनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरूले नाबालिका, किरोशी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न बलात्कारसम्बन्धी फितलो कानुनलाई तत्काल संशोधन गर्न, पीडितलाई तत्काल न्याय दिलाउनसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

समृद्धि फाउण्डेसन नेपालको आयोजनामा आज विभिन्न सङ्घसंस्थाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय महिला आयोग पुगेर सो विषयमा ध्यानाकर्षण गराएका हुन् । फाउण्डेसनका अध्यक्ष संगीता श्रेष्ठले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै हालै मात्र एक युवतीले सार्वजनिक गरेको आठ वर्षअघि आफू बलात्कार भएको घट्नाले सिंगो समाजलाई स्तब्ध बनाएको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने, “न्याय पाइने आशामा हिम्मत जुटाएर आफ्नो भोगाइ सार्वजनिक गरेकी पीडितले थप पीडा तब भोग्नु पर्‍यो जब उनलाई यो थाहा भयो कि हाम्रो देशमा बलात्कारको घटनामा उजुरी दिने हदम्याद केवल एक वर्ष मात्र रहेको छ ।”

ती युवतीले सन् २०१४ मा आफूले भाग लिएको मिस ग्लोबल इन्टरनेशनले नामक एक सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूलाई झुक्याएर नशालु पदार्थ पिलाइ, बलात्कार गरी, बेहोसी अवस्थामा नग्न तस्बिर खिची त्यसैलाई आधार बनाइ डराइ धम्काइ, ब्ल्याकमेल गरी छ महिनासम्म आफूलाई बारम्बार बलात्कार गर्दे आएको कुरा सार्वजनिक गरेकी छिन् । त्यसताका उनको उमेर मात्र १६ वर्ष रहेको थियो ।

 बलात्कार जस्तो अत्यन्तै पीडादायी घटनाको शिकार बनेकी कुनै पनि बालिका, किशोरी वा महिलालाई त्यो बेलाको विक्षिप्त अवस्थाबाट सामान्य अवस्थामा फर्कन वर्षौँ वर्ष लाग्ने बताउँदै बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई समाउन हदम्याद किन भनी
अध्यक्ष श्रेष्ठको प्रश्न छ । उनले यस्ता दुःखदायी घटनालाई रोक्न आयोगले अहम् भूमिका निभाउनुपर्ने देखिएको बताउँदै पीडितलाई तत्काल न्याय दिलाउन र हदम्याद खारेज गर्न ध्यानाकर्षण गराए ।

ध्यानाकर्षण पत्र बुझ्दै सदस्य खतिवडाले सो घट्ना सार्वजनिक गरेलगत्तै आयोगले गम्भीर भएर अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिएको बताए । उनले त्यस्तालाई कारबाही गर्न कानुनी मूल्य मान्यता रहेको बताउँदै हदैसम्मको कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले त्यस्ता कानुनी क्षिद्र हटाउनका लागि तत्काल हदम्याद खारेज गर्न आजैका मितिदेखि आयोग अघि बढनेसमेत स्पष्ट पारे । सदस्य खतिवडाले आयोगले मुलुकका विभिन्न क्षेत्रबाट पीडित बालिका, किशोरी तथा महिलालाई उद्धार गरी पुनःस्थापना गर्दै आएको समेत जानकारी गराइन् ।

आयोगका अध्यक्ष कमला पराजुलीले घट्ना सार्वजनिक भएलगत्तै पीडक फरार नहोस् भनेर आयोगले सुरक्षा निकायसँग समन्वय गरेको उल्लेख गर्दै पीडित युवतीलाई वरिष्ठ काउन्सिलरबाट काउन्सिलिङसमेत भइरहेको जानकारी गराइन् । उनले विभिन्न कानुनविज्ञसँग छलफल गरी यस्ता कानुनलाई सबल बनाउन र हदम्याद खारेज गर्न पहलका लागि छलफल गर्नेसमेत बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका अधिकारकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि