भरतपुरमा रेनु जितको नजिक, १० हजार बढी मतको अग्रता « Khabarhub

भरतपुरमा रेनु जितको नजिक, १० हजार बढी मतको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्। 

उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेका छन् । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : १२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि