युक्रेनी शहरमा रुसद्वारा नियुक्त वरिष्ठ प्रशासक विष्फोटमा परी घाइते « Khabarhub

युक्रेनी शहरमा रुसद्वारा नियुक्त वरिष्ठ प्रशासक विष्फोटमा परी घाइते


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको कब्जामा रहेका युक्रेनी शहरमा रुसी शासन लागू गर्ने जिम्मेवारी पाएका अधिकारी बम विष्फोटमा घाइते भएका छन् ।

पूर्वी युक्रेनको एनेर्होदार शहरको प्रशासन चलाउन रुसले नियुक्त गरेका ‘मेयर’ आन्द्रेई शेभचिक बम विष्फोटमा घाइते भएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनका साथै उनका दुई अंगरक्षक पनि घाइते भएको अर्को रूसी समाचार संस्था तासले जनाएको छ । घाइते शेभचिकलाई सघन कक्षमा राखेर उपचार भइरहेको रियाले जनाएको छ ।

‘स्वघोषित जनप्रशासनका प्रमुख शेभचिक र उनका अंगरक्षकहरु विष्फोटनका क्रममा घाइते भएको हामीसँग सटीक जानकारी छ ।’ शहरको युक्रेनी मेयर दिमित्रो ओर्लोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन् ।

उनलाई हाल नजिकैको रुसी अधिनस्थ मेलिटोपोल शहरमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको ओर्लोभले बताए । उनका अनुसार शेभचिकको स्थानमा अर्को मानिसलाई नियुक्त गरिएको छ ।

विष्फोटमा रुसले नियुक्त गरेका प्रशासक घाइते भएको बताइएपनि विष्फोटनको घटनाबारे विस्तृत जानकारी भने नआइसकेको रोटयर्सले जनाएको छ ।

रोयटर्सका अनुसार रुसले आक्रमण गर्नु अघि एनेर्होदार शहरको जनसङ्ख्या ५० हजार थियो र आक्रमणलगत्तै धेरै बासिन्दाहरूलाई नजिकैको जापोरिजिया शहर स्थानान्तरण गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : २२ बजे

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

झापामा नरिवलको व्यावसायिक खेती

झापा– समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत