काठमाडौंमा बालेनलाई १९ हजार मतको अग्रता « Khabarhub

काठमाडौंमा बालेनलाई १९ हजार मतको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर १९ हजार पुर्‍याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।

बालेन र दोस्रो स्थानमा रहेकी सिंहको मतान्तर १८ हजार ९३७ रहेको छ । यस्तै नेकपा ९एमाले० का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छिन् । डंगोलले ४४ हजार ७०५ मत पाउँदा प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार ९एकीकृत समाजवादी० का रामेश्‍वर श्रेष्ठले १५ हजार २८२ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : १९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय