विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ८ गते शनिबार । सन् २०२२ को जुलाई २३ तारिख ।

यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम  :

सन् २०१६ जुलाई २३ मा अफगानिस्ताको राजधानी काबुलमा भएको विरोध प्रदर्शनमा आत्मघाती बम आक्रमण हुँदा ८० जनाको मृत्यु भयो भने २ सय ३० जना भन्दा धेरै घाइते भए ।

सन् २०१२ जुलाई २३ मा पहिलो महिला अन्तरिक्ष यात्री स्याली राईडको निधन भएको थियो । उनको प्यान्क्रियाटिक क्यान्सरकाकारण मृत्यु भएको थियो।

सन् १९९५ जुलाई २३ मा दुई खगोल विद्हरुले एकै समयमा धूमकेतु पत्ता लगाएका थिए । अमेरिकाको न्यू मेक्सिको राज्यका एलेन हेल र एरिजोना राज्यका थोमस बोपले लगभग एकै समयमा धूमकेतु पत्ता लगाएका हुन् ।

सन् १८८५ जुलाई २३ मा अमेरिकाका पूर्व राष्ट्रपति युलिसेस एस. ग्रान्टको थ्रोट क्यान्सरका कारण मृत्यु भएको थियो ।

सन् १९८२ जुलाई २३ मा अन्तर्राष्ट्रिय ह्वेलिङ परिषद्ले ह्वेल सिकारको व्यापारिक विज्ञापनमा रोक लगाएको थियो ।

सन् १९७२ जुलाई २३ मा अमेरिकाको पहिलो ल्यान्डस्याट १ नामक भू-उपग्रह प्रक्षेपण गरेको थियो । सोही उपग्रहले सन् १९७६ मा क्यानडाको पूर्वी तटमा बसोबास नभएको एक टापु पत्ता लगाउन सफल भएको थियो । यस टापुलाई अहिले ल्यान्डस्याट आइल्याण्डको नामबाट चिनिन्छ ।

सन् १९५२ जुलाई २३ मा इजिप्टमा भावी राष्ट्रपति गमाल अब्देल नास्सेरको नेतृत्वमा राज्यसत्ताविरुद्ध ठूलो आन्दोलन भएको थियो । १९५२ को क्रान्ति भनिने यस आन्दोलनले इजिप्टको राजतन्त्र ढालेको थियो ।

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ जुलाई २३ मा जर्मन सेना पछि हटे पश्चात सोभियत लालसेनाले पोल्याण्डको ल्युबलिन कब्जा गरेका थिए ।

सन् १९०३ जुलाई २३ मा फोर्ड मोटर कम्पनीले आफ्नो पहिलो गाडी मोडल ए बिक्री गरेको थियो ।

पहिलो चीन–जापान युद्धका क्रममा सन् १८९४ जुलाई २३ मा जापानी सेनाले कोरियाली शाही दरबार कब्जा गर्न सफल भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ०७ बजे

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल