विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ८ गते शनिबार । सन् २०२२ को जुलाई २३ तारिख ।

यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम  :

सन् २०१६ जुलाई २३ मा अफगानिस्ताको राजधानी काबुलमा भएको विरोध प्रदर्शनमा आत्मघाती बम आक्रमण हुँदा ८० जनाको मृत्यु भयो भने २ सय ३० जना भन्दा धेरै घाइते भए ।

सन् २०१२ जुलाई २३ मा पहिलो महिला अन्तरिक्ष यात्री स्याली राईडको निधन भएको थियो । उनको प्यान्क्रियाटिक क्यान्सरकाकारण मृत्यु भएको थियो।

सन् १९९५ जुलाई २३ मा दुई खगोल विद्हरुले एकै समयमा धूमकेतु पत्ता लगाएका थिए । अमेरिकाको न्यू मेक्सिको राज्यका एलेन हेल र एरिजोना राज्यका थोमस बोपले लगभग एकै समयमा धूमकेतु पत्ता लगाएका हुन् ।

सन् १८८५ जुलाई २३ मा अमेरिकाका पूर्व राष्ट्रपति युलिसेस एस. ग्रान्टको थ्रोट क्यान्सरका कारण मृत्यु भएको थियो ।

सन् १९८२ जुलाई २३ मा अन्तर्राष्ट्रिय ह्वेलिङ परिषद्ले ह्वेल सिकारको व्यापारिक विज्ञापनमा रोक लगाएको थियो ।

सन् १९७२ जुलाई २३ मा अमेरिकाको पहिलो ल्यान्डस्याट १ नामक भू-उपग्रह प्रक्षेपण गरेको थियो । सोही उपग्रहले सन् १९७६ मा क्यानडाको पूर्वी तटमा बसोबास नभएको एक टापु पत्ता लगाउन सफल भएको थियो । यस टापुलाई अहिले ल्यान्डस्याट आइल्याण्डको नामबाट चिनिन्छ ।

सन् १९५२ जुलाई २३ मा इजिप्टमा भावी राष्ट्रपति गमाल अब्देल नास्सेरको नेतृत्वमा राज्यसत्ताविरुद्ध ठूलो आन्दोलन भएको थियो । १९५२ को क्रान्ति भनिने यस आन्दोलनले इजिप्टको राजतन्त्र ढालेको थियो ।

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ जुलाई २३ मा जर्मन सेना पछि हटे पश्चात सोभियत लालसेनाले पोल्याण्डको ल्युबलिन कब्जा गरेका थिए ।

सन् १९०३ जुलाई २३ मा फोर्ड मोटर कम्पनीले आफ्नो पहिलो गाडी मोडल ए बिक्री गरेको थियो ।

पहिलो चीन–जापान युद्धका क्रममा सन् १८९४ जुलाई २३ मा जापानी सेनाले कोरियाली शाही दरबार कब्जा गर्न सफल भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ०७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र