पाकिस्तानको प्रमुख जलविद्युत परियोजना बन्द, बिजुलीको हाहाकार हुने चिन्ता « Khabarhub

पाकिस्तानको प्रमुख जलविद्युत परियोजना बन्द, बिजुलीको हाहाकार हुने चिन्ता


७ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको नीलम नदीमा चिनियाँ कम्पनीले बनाएको जलविद्युत परियोजना बन्द भएको छ ।

जलविद्युत परियोजनाको सुरुङमा समस्या देखिएपछि बन्द गरिएको हो ।

९६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त परियोजना बन्द भएसँगै पाकिस्तानमा विद्युतको अभाव चर्किने देखिएको छ ।

पाकिस्तानमा उसैपनि विद्युतको माग उच्च रहेको र आपूर्ति कम रहेको बताइन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजना बन्द भएसँगै पाकिस्तानमा विद्युतको मागभन्दा ७ हजार ३ सय २४ मेगावाट विद्युत कम आपूर्ति हुँदै आएको छ ।

पाकिस्तानका प्रमुख सहरहरु कराँची र लाहोरमा १२ देखि १६ घण्टासम्म विद्युत कटौती हुँदै आएको एएनआईले जनाएको छ ।

पाकिस्तान सरकारले यसअघि नै ‘उर्जा आपतकाल’ घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको