युइएफए नेसन्स लिग : चार खेलमा को विजयी ? « Khabarhub

युइएफए नेसन्स लिग : चार खेलमा को विजयी ?


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम, नेदरल्यान्ड, फ्रान्स र क्रोएसियाले जित निकालेका छन्।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। पराजित वेल्स १ अंक जोडेर पुछारमा छ।

अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्दा फ्रान्सले अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै पहिलो जित निकाल्यो।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे। जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ। पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ।

फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जेरुडले एक-एक गोल गरेका थिए। यस जितसँगै फ्रान्सले ५ खेलमा ५ अंक जोडेको छ। लिग ए समूह १ को फ्रान्स समूहको तेस्रो स्थानमा रहेको छ। अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहेको छ।

त्यसैगरी क्रोएसियाले डेनमार्कलाई २-१ गोल अन्तरले हरायो। ४९औं मिनेटमा बोर्ना सोसाले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए। ७७औं मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए।

यस जितसँगै क्रोएसिया शीर्ष स्थानमा उक्लिएको छ। लिग ए समूह १ को क्रोएसियाले ५ खेलमा १० अंक जोडेको छ। डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ०३ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि