नारायणी नदी संरक्षणका लागि जल संवाद « Khabarhub

नारायणी नदी संरक्षणका लागि जल संवाद


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले नदीका कारण धेरै सम्भावना भएको बताएका छन् । 

बिहीबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना ’सम्बन्धी तेस्रो जल संवाद कार्यक्रममा सरोकारवालाले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाले सम्भावनासँगै चुनौती थपेका बताए । नदीका कारण बाढी, पहिरो र भूक्षयको जोखिम भएको उल्लेख गर्दै उनले खोलानाला तथा जलाधार क्षेत्रको संरक्षण गरेमा मात्रै मानव जातिको अस्तित्व रहने बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण शाखाका जानुका केसीले भरतपुरको फोहोर व्यवस्थापनको काम भइरहेको बताए । अहिले भरतपुरका विभिन्न स्थानबाट संकलन भएको फोहोर नदी किनारमा लगेर फालिएको भए पनि यसको दीर्घकालीन समाधान महानगरले खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोष नेपालको पानी कार्यक्रम अधिकृत अरुण देवानले सहरीकरण बढ्दै गएको अवस्थामा नदी संरक्षणमा चुनौती थपिएको बताए ।  उनले संवाद कार्यक्रम गर्दा नदी तटीय क्षेत्रका प्रभावित र सरोकारवालाबीच कुराकानी हुनसक्ने भएकाले जलाधार क्षेत्रको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सञ्जाल गठन

‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सञ्जालले कार्ययोजना तथा विधान निर्माण गरेर नदी तथा जलाधार क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि सार्ने बताइएको छ । जलाधार क्षेत्र संरक्षणसम्बन्धी पैरवी गर्दै संरक्षणसम्बन्धी गतिविधि गर्दै अघि बढ्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ । 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ३९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा