छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सातजना पक्राउ « Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सातजना पक्राउ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर नगरपालिका–७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का छन् ।

कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हेलमेटसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, बाँके, राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका–१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा १ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ ।

यसैगरी, दाङ, तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्रामसहित २७ वर्षीय खगेन्द्र डाँगीसमेत दुईजनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा७प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब दुई केजी अवैध लागूऔषध गाँजासहित चितवन कालिका नगरपालिका–८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८७८३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन