छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सातजना पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सातजना पक्राउ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर नगरपालिका–७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का छन् ।

कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हेलमेटसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, बाँके, राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका–१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा १ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ ।

यसैगरी, दाङ, तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्रामसहित २७ वर्षीय खगेन्द्र डाँगीसमेत दुईजनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा७प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब दुई केजी अवैध लागूऔषध गाँजासहित चितवन कालिका नगरपालिका–८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८७८३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : २८ बजे

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी

च्याङ्ग्रा पालनबाट वार्षिक पाँच लाख आम्दानी

मुस्ताङ – हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो एक

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू