बारा १ : कांग्रेसभन्दा एमाले तीन हजार मतले अगाडि « Khabarhub

बारा १ : कांग्रेसभन्दा एमाले तीन हजार मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बारा – बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन्।

यो क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाएका छन्। एक हजार चार सय एक मत बदर भएको छ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन्। चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र कांग्रेसका सहमहामन्त्री हुन्।

मैनाली एमालेको पोलिटब्यूरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए। निर्वाचनमा कांग्रेसका चौधरीले दुई हजार चार सय २० मतले विजयी भएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २९ बजे

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा