बारा १ : कांग्रेसभन्दा एमाले तीन हजार मतले अगाडि « Khabarhub

बारा १ : कांग्रेसभन्दा एमाले तीन हजार मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बारा – बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन्।

यो क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाएका छन्। एक हजार चार सय एक मत बदर भएको छ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन्। चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र कांग्रेसका सहमहामन्त्री हुन्।

मैनाली एमालेको पोलिटब्यूरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए। निर्वाचनमा कांग्रेसका चौधरीले दुई हजार चार सय २० मतले विजयी भएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २९ बजे

सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ– मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट निकासी

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय