काठमाडौँ-९ प्रदेशसभा २ मा एमाले विजयी « Khabarhub

काठमाडौँ-९ प्रदेशसभा २ मा एमाले विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२)मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् । 

पोखरेलले आठ हजार चार सय ५९ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकृष्ण खड्काले सात हजार तीन सय ४१ मत प्राप्त गरे । प्रदेशसभा (२) मा जम्मा २३ हजार नौ सय १९ मत खसेको थियो । जसमा सात सय १३ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा १ मा एमालेकै हरिकृष्ण डङ्गोल र २ मा पोखरेल विजयी बनेका छन् । यससँगै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ०८ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले