उदयपुर २ प्रदेशसभा (ख) मा गठबन्धनका खत्री विजयी « Khabarhub

उदयपुर २ प्रदेशसभा (ख) मा गठबन्धनका खत्री विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट सत्ता गठबन्धका नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री विजयी भएका छन् । उनले निकटमत प्रतिद्वन्द्वीलाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । खत्री १२ हजार ६२७ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त प्राप्त गरेको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताए । २०५१ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेको ४२ वर्षीय खत्री कटारी नगरपालिका ८ सिरिसे निवासी हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए । निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका पर्छ । त्यहाँ २६ हजार १ सय ७६ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०६ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले