ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दो « Khabarhub

ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दो


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताए । 

‘सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापरवाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्’, उनले भने, ‘मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७-७८ मा ९३ र आव २०७८-७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७-७८ मा ३५ र आव २०७८-७९ मा ३३ जनाको मृत्यु भएको थियो । 

चालु आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७-७८ यता दुई सय २२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ३६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर