पीएसजीमा रामोसको पहिलो गोल « Khabarhub

पीएसजीमा रामोसको पहिलो गोल


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् ।

पीएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍यो ।

स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरिका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् ।

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : २७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको