एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ « Khabarhub

एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् ।

एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

नेपाली जनताको इच्छाविपरीत एमसीसी सरकारले जबरजस्ती सदनबाट पास गरे आन्दोलनले थप कडा रूप लिने नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्न लागिएको आरोप लगाएका छन् ।

एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारविरुद्धमा रहेको कुमालको दाबी छ ।

नेकपा विप्लवका केन्द्रीय सदस्य तथा इन्चार्ज कुमालले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ८ : ३३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट