धरानदेखि भेडेटारसम्म सरसफाइ अभियान चलाइने « Khabarhub

धरानदेखि भेडेटारसम्म सरसफाइ अभियान चलाइने


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी राजमार्गअन्तर्गत धरान–भेडेटारमा शनिबार बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ ।

सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गर्न लागिएको हो ।

धरान उपमहानगरपालिकाको आयोजनामा शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म सरसफाइ गरिने छ ।

बिहीबार नगर प्रमुख तिलक राईको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाइ कार्यक्रम सहभागी हुन सबैसँग आग्रह गरेको छ ।

नगर प्रमुख राईले ‘पानीको मुहानलाई सधैँ सफा राखौँ, प्राकृतिक सम्पदाको सम्बद्र्धन गरौँ, जथाभावी फोहोर नफालौँ र सफा रहौँ, स्वस्थ जीवन निर्वाह गरौँ’ भन्ने सन्देशका साथ बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

कोशी राजमार्गअन्तर्गत सर्दु जलाधार क्षेत्रमा फोहोर नगर्न पनि सचेत गराइने छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : ४३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट